कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वर, काठमाडौँका प्रधानाध्यापक सानुकान्छा नेपालसहित ४ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बिहीबार आरोप पत्र दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
नेपालमाथि प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा निजको स्थानमा सहायक प्रधानाध्यापकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षकको रूपमा राखेको र अनुपस्थित शिक्षकको नाममा तलब माग गरी निकासा लिई निजकै नामबाट चेक जारी गरी तलबसमेत खुवाएको आरोप छ ।
हेर्नुहोस् अख्तियारले जारी गरेको विज्ञप्ति :
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १८:०७
प्रतिक्रिया दिनुहोस्