Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपत्यकाका १३ पानी पोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

शुक्रबार, चैत ८, २०८१
samridhi jewllers

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।

मेलम्चीको पानी समानुपातिक रूपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण  तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ । 

यसैबीच, केयुकेएलले परीक्षणका रूपमा च:मती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्