सुनको मूल्य तोलामा एक हजारले घट्यो
काठमाडौँ - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ १२:०८
प्रतिक्रिया दिनुहोस्