Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेशका मुख्यमन्त्री सिंहले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी

शुक्रबार, चैत ८, २०८१
samridhi jewllers

काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।

हिजो (बिहीबार) कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट भएको हो ।

भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत् सम्भावनाका विषयमा कुराकानी भएको नेपाली कांग्रेसका युवा नेता तथा घुमौं मधेश, बुझौं मधेशका संयोजक विकास ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्