Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिरहाका सीडीओ मन्त्रालय तानिए, कारण यस्तो छ

शुक्रबार, चैत ८, २०८१

काठमाडौं- सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।

samridhi jewllers

सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

सिरहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि प्रजिअलाई मन्त्रालय तानेको स्रोतले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्