पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे रवि लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका छन् ।
यो सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको आदेश विरुद्ध सरकारले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।
आज लामिछाने पनि पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको प्रहरीले गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ १३:१५
प्रतिक्रिया दिनुहोस्