Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा एमसीसी निरन्तर, एमसीए नेपालले निकाल्यो दायित्व सिर्जना हुने नयाँ टेन्डर

शुक्रबार, चैत ८, २०८१

काठमाडौं- अमेरिकी सरकारको अनुदान सहायता कार्यक्रम एमसीसीको कार्यान्वयन इकाई एमसीए नेपालले नयाँ टेन्डर आह्वान गरेको छ।

samridhi jewllers

यसअघि 'थप दायित्व सिर्जना नगर्नू' भन्ने अर्थ मन्त्रालयको निर्देशन थियो। अमेरिकी सरकारले सबै अनुदान सहायताको तीन महिने समीक्षा गरेपछि स्थगन भएको थियो। 

स्थगन हटेको आधिकारिक सूचना नआउँदै एमसीए नेपालले थप दायित्व सिर्जना हुनेगरी नयाँ टेन्डर आह्वान गरेको हो। एमसीए नेपालले सडक मर्मत परियोजनाअन्तर्गत टेन्डर आह्वान गरेको हो। 

एमसीए नेपालले धनखोला-लमही सडक खण्ड र नारायणघाट मुग्लिङ खण्डको सडक मर्मत तथा सुरक्षामा काम गर्ने कार्यक्रम तय रहेको छ। यी दुबै खण्डको परामर्शदाता र सुरपरीवेक्षण सेवा दिनका लागि भन्दै प्रस्ताव आह्वान गरेको छ। अप्रिल २४ भित्र प्रस्ताव पेस गर्ने समयसीमा दिइएको छ।

यो टेन्डर आह्वानसँगै अनुदान सहायता निरन्तर हुने निश्चित भएको अधिकारीहरूले बताएका छन्। कुनै पनि टेन्डर तथा ठेक्का अघि बढाउने वा नबढाउने विषयमा एमसीए नेपाल र नेपाल सरकारमात्र निर्णायक हुँदैन। एमसीए मुख्यालयबाट स्वीकृत भएपछिमात्र टेन्डर आह्वान हुन्छ। 

अर्थ मन्त्रालयले भने अहिलेसम्म यसबारेमा औपचारिक धारणा दिएको छैन। मन्त्रालयका सहायक प्रवक्ता अम्बिकाप्रसाद खनालले यसअघिको स्थगनको निर्णयबाहेक थप जानकारी नआएको बताए।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्