Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिलेप्सीको गोलमा ३६ वर्षपछि सिङ्गापुरविरुद्ध नेपालको ऐतिहासिक जित

शुक्रबार, चैत ८, २०८१

काठमाडौं- जेलेस्पीजंघ कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरविरुद्ध ३६ वर्षपछि जित निकालेको छ। सिंगापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले १–० को जित निकालेको हो। नेपालको जितमा जेलेस्पीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२औं मिनेटमा मनीष डाँगीको क्रसमा गोल गरेका हुन्।

samridhi jewllers

सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो। । नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन्।

५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो। त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो।

सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किङ्स कपको रहेको थियो। तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान (१६०औं स्थानमा) रहेको सिंगापुरलाई नेपालले हार चखाएको हो।

योसँगै नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ। मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।


 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्