Nic Ad Nic Ad
Nic Ad Nic Ad

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए विद्युत् बक्यौताको किस्ता

शुक्रबार, चैत ८, २०८१

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् खपतको बक्यौता महसुल तिरेको छ । 

samridhi jewllers

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिएका छन् । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको बताइएको छ ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौताको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता गरेको उद्योगले शुक्रबार दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । सर्वोत्तम सिमेन्टको विद्युत बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्