Nic Ad Nic Ad
Nic Ad Nic Ad

३६ बर्षअघि कम उमेरका युवासँग सम्बन्ध राखेकी आइसल्याण्डकी मन्त्रीको गयो पद !

शनिबार, चैत ९, २०८१

काठमाडौं - आइसल्याण्डकी बाल कल्याण मन्त्रीले एक किशोरीसँग ३६  वर्षअघिको सम्बन्धको विषय स्वीकार गरेपछि राजीनामा दिएकी छिन् । आस्थिलदुर लोआ थोर्सडोटिरले एक मिडिया अन्तर्वार्तामा उनी २२ वर्षकी हुदा उनको १५ वर्षको केटासँग सम्बन्ध रहेको बताएकी थिइन् ।

samridhi jewllers

उनले त्यति बेला उनी एउटा धार्मिक समूहमा सल्लाहकारको रूपमा काम गरिरहेकी थिइन् । एक वर्ष पछि, जब उनी २३ वर्षकी थिइन् र केटा १६ वर्षको थियो, उनले उसको बच्चा जन्माइन् ।  'यो ३६ वर्ष पुरानो घटना हो, त्यस यता समयमा धेरै परिवर्तन भएको छ,' ५८ बर्षिय अस्थहिल्डुरले मिडियालाई भनेकी छन्, 'यदि त्यो अवस्था आज भएको भए, म यसलाई पूर्ण रूपमा फरक तरिकाले ह्यान्डल गर्ने थिएँ ।'

आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्टुन माएल फ्रोस्टाडोटिरले मिडियालाई यो धेरै गम्भीर विषय भएको बताउदै उनले यसबारे आम जनतालाई जत्तिकै थाहा भएको बताएकी छन् । उनले भनिन्, 'यो एकदमै व्यक्तिगत मामिला हो र सम्बन्धित व्यक्तिको सम्मान गर्दै, म यसमा टिप्पणी गर्दिन ।'

आइसल्याण्डको भिसिर अखबारका अनुसार, आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्ट्रुनाले बिहीबार राति समाचारको पुष्टि भएको बताएकी छन् । यसपछि उनले तुरुन्तै बाल विकास मामिला मन्त्रीलाई आफ्नो कार्यालयमा बोलाएए राजीनामा दिन लगाएको बताइएको छ ।

यो समाचारलाई आइसल्याण्डको समाचार एजेन्सी आरयूभीले बाहिर ल्याएको थियो । आइसल्याण्डमा सहमतिमा यौन सम्पर्क गर्न पाउने उमेर १५ रहेको छ । तर यदि शिक्षक वा मेन्टरले १८ बर्षभन्दा मुनिकालाई यौन सम्पर्क गरेमा भने त्यसलाई गैरकानुनी मानिएको छ । यस्तो कार्यको लागि बढीमा तीन बर्षको जेल सजायको व्यवस्था रहेको छ ।

मन्त्रीबाट राजीनामा दिएपनि आस्थिलदुरले सांसदको रुपमा भने काम गरिरहने बताएको आइसल्याण्डका मिडियाले उल्लेख गरेका छन् ।  

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्