Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

शनिबार, चैत ९, २०८१

भद्रपुर (झापा) - मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो । 

samridhi jewllers

उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आवको सोही अवधिमा रु दुई अर्ब १२ करोड ७६ लाख ३७ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो । 

 


कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२ दशमलव आठ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आवको आठ महिनामा रु पाँच अर्ब ८३ करोड ७३ लाख ६८ हजार मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा रु पाँच अर्ब १७ करोड २६ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो । 

भन्सार कार्यालयका अनुसार सिमेन्ट क्लिङ्कर दुई सय चार दशमलव सात प्रतिशत, भेनियरसिट ७४ दशमलव तीन प्रतिशत र मोलासिसको निर्यातमा चार हजार पाँच सय ८९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । 

फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, अम्रिसोलगायत वस्तुको निर्यातमा कमी आएको भन्सार प्रमुख हुमागाईंले जानकारी दिए। उनका अनुसार मेची भन्साबाट चालु आवको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजारको वस्तु निर्यात भएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्