Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित, प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई

शनिबार, चैत ९, २०८१
samridhi jewllers

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्वीर राख्दै सिंगापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् । ‘बधाई नेपाली !! नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सिंगापुरसँग पहिलो खेल भएको ४३ वर्षमा नेपालको पहिलो पटक जितका लागि सबैलाई बधाई !!’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

शुक्रबार साँझ सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजति गरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्