उरुग्वेलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोट नजिक
काठमाडौं – साबिक विजेता अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को छनोटको नजिक पुगेको छ। नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हरायो। अर्जेन्टिनाका लागि थिएगो अल्माडाले खेलको ६८ औँ मिनेटमा निर्णायक गोल गरे।
१३ खेलको समाप्तिमा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ। दक्षिण अमेरिकी समूहबाट ६ टोलीले सिधै विश्वकपमा प्रवेश पाउने छन्। ५ खेल बाँकी रहँदा सातौँ स्थानको बोलिभिया भन्दा अर्जेन्टिना १५ अङ्कले अघि छ। अर्जेन्टिनाको विश्वकप प्रवेश लगभग निश्चित भइसकेको छ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१ १०:५२
प्रतिक्रिया दिनुहोस्