Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिल्ली उच्च अदालतको न्यायाधीशको घरबाट १५ करोड बरामद

शनिबार, चैत ९, २०८१

काठमाडौं - दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ ।

samridhi jewllers

साथै, कलेजियमले न्यायाधीश वर्माविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । यद्यपि, यो आन्तरिक छानबिन होइन । छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले मुख्य न्यायाधीश कलेजियमलाई प्रारम्भिक प्रतिवेदन पेस गर्नेछ । वास्तवमा होलीको बिदामा जस्टिस वर्माको सरकारी बंगलामा आगलागी भएको थियो । त्यतिबेला उनी घरमा थिएनन् । आगो लागेको परिवारले दमकललाई खबर गरेका थिए । आगो निभाउन गएको टोलीले सो १५ करोड नगद फेला पारेको थियो ।


स्रोतका अनुसार सीजेआइ सञ्जीव खन्नाले मुद्दाको बारेमा जानकारी पाएपछि ५ सदस्यीय कलेजियमले उनलाई सरुवा गर्ने निर्णय गरेको हो, यद्यपि यो सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको छैन । उता, हाईकोर्ट बार एसोसिएसनले न्यायाधीश वर्मालाई इलाहाबाद फिर्ता सरुवा गरेकोमा विरोध गरेको छ । कलेजियमको निर्णय पछि उनीहरूले भनेका छन, के हामी डस्टबिन हौं ?’

कलेजियमले आकस्मिक बैठक बोलाएको थियो । यस विषयमा जानकारी प्राप्त हुने बित्तिकै मुख्य न्यायाधीश संजीव खन्नाले कलेजियमको आपतकालीन बैठक बोलाए र सरुवासम्बन्धी प्रस्ताव पारित गराए । यद्दपि, उनको सरूवाका बारेमा कुनै जानकारी अपलोड गरिएको छैन । आन्तरिक अनुसन्धान पनि भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्