Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिणढोका-मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता

शनिबार, चैत ९, २०८१
samridhi jewllers

काठमाडौँ- रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। 

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको वन क्षेत्रको  अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल हटाएर सडक खोल्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि यो सडक खोल्न माग गर्दै आएको छ। यो सडक खुलेमा स्थानीयवासीलाई गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिणढोका र मूलपानी पुग्न सहज हुनेछ । गोकर्ण वनको पर्खाल धेरै ठाउँमा भत्किए पनि काँडेतारले बाटो छेकिएको छ ।  पर्खालभित्रको सडक नखोलिएकै कारण यस क्षेत्रमा वाग्मतीको करिडोर पनि खुल्न सकेको छैन । यो सडक खुलेमा गोकर्ण ड्याममाथिको क्षेत्रमा हुने जामबाट स्थानीयवासीले राहत पाउने वडा नं ४ का अध्यक्ष जयराम महतले बताए ।  
 
यो सडक खोल्न माग गर्दै एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेको प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठले जानकारी दिए।  प्रधानमन्त्री ओलीले पनि यो सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।  गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष द्वारिका श्रेष्ठ, ३ का अध्यक्ष मुरारीप्रसाद कुइँकेल, ४ का अध्यक्ष महत, गोनपा–४ का वडा सदस्यहरु गौरी श्रेष्ठ, राजेश श्रेष्ठ, गोनपा–८ का सदस्य सुमन लामालगायत स्थानीयवासीले प्रधानमन्त्रीलाई भेटेर उक्त सडक खोल्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्