Nic Ad Nic Ad
Nic Ad Nic Ad

केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव

शनिबार, चैत ९, २०८१

ताप्लेजुङ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् ।

samridhi jewllers

प्रेस सेन्टरले फुङलिङमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो सुझाव दिएका हुन् ।

'पाथीभरा राष्ट्रको धार्मिक धरोहर हो, यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी हो,' उनले भने ।

हाल पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदायका केही समूहले विरोध जनाएका छन् । पूर्वमन्त्रीसमेत रहेका शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न सुझाव दिए । स्थानीय सहमति प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेता शर्माले सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्