Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पले खारेज गरे प्रतिद्वन्दी कमला ह्यारिसको 'सुरक्षा क्लियरेन्स'

शनिबार, चैत ९, २०८१

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा राष्ट्रपति चुनावकी उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसको सुरक्षा क्लियरेन्स खारेज गरेका छन् ।

samridhi jewllers

उनले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन हित धेरै पूर्व अमेरिकी प्रशासनिक अधिकारीहरूको सुरक्षा क्लियरेन्स पनि खारेज गरेका हुन् ।

२०२० को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टन ट्रम्प क्लिन्टनको प्रतिद्वन्द्वी रहेकी थिइन् । सुरक्षा क्लियरेन्सले कुनै पनि अमेरिकी नागरिकलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारीमा पहुँच प्रदान गर्दछ ।

ट्रम्पले फेब्रुअरी महिनामा नै जो बाइडेनको सुरक्षा क्लियरेन्स समाप्त गर्ने बताएका थिए । ट्रम्पले आफ्नो नयाँ घोषणामा यो कुरा पुष्टि गरेका छन् । उनले बाइडेन परिवारको 'अर्को सदस्य' को सुरक्षा क्लियरेन्स खारेज गर्दै गरेको बताए ।

ट्रम्पले जारी गरेको आदेशमा भनिएको छ, 'म विश्वस्त छु कि यस्ता व्यक्तिहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारीमा पहुँच दिनु राष्ट्रिय हितमा छैन ।'

अमेरिकामा पूर्व अमेरिकी राष्ट्रपति र पूर्व शीर्ष सुरक्षा अधिकारीहरूबाट सुरक्षा क्लियरेन्स फिर्ता नलिने परम्परा छ । यसलाई शिष्टाचारको प्रतीक मानिदै आएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्