भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित, दिल्ली र कतारबाट आएको दुई जहाज आकाशमै ‘होल्ड’
काठमाडौं - प्रतिकूल मौसमले हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो ।
विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलका अनुसार दुई वटा अन्तर्राष्ट्रिय जहाज ल्यान्ड हुन नसक्दा आकाशमै ‘होल्ड’ गरिएको छ । दिल्लीबाट आएको इन्डिगो र कतारको दोहाबाट आएको कतार एयरवेजको विमान ‘होल्ड’ भएका हुन् ।
भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान पनि ठप्प भएको छ । मौसमकै कारण काठमाडौंबाट अधिकांश उडान हुन नसकेको उनले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१ १९:०२
प्रतिक्रिया दिनुहोस्