कोलकोताले रोयल च्यालेन्जर्स बैंगलुरुलाई दियो १७५ रनको लक्ष्य
काठमाडौँ -आजदेखि शुरु भएको इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा कोलकोता नाइट राइर्डसले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको हो ।
कोलकोताका लागि कप्तान आजिख्य रहानेले सर्बाधिक ५६ रन बनाएका थिए भने सुनिल नारनले ४४ रन बनाएका थिए । त्यस्तै अन्क्रिश रघुबंशीले ३० रन बनाएका थिए ।
त्यसैगरी रोयल च्यालेन्जर्सका बलर क्रुनाल पाण्डेयले ३ विकेट लिए भने जोश हजेलवूडले २ विकेट लिएका थिए ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१ २१:५५
प्रतिक्रिया दिनुहोस्