नेभिगेशन
राजनीति

डा. शेखर कोइरालाद्वारा पूर्व मुख्यसचिव र सचिवहरूसँग समसामयिक विषयमा छलफल

काठमाडौं - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भू-राजनीतिक तथा सांस्कृतिक विषयमा पूर्व मुख्यसचिव तथा पूर्व सचिवहरूसँग छलफल गरेका छन्।

शनिबार सम्पन्न उक्त छलफलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, पूर्व मुख्यसचिव सोमलाल सुवेदी, पूर्व सचिवहरू भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पूर्णचन्द्र भट्टराई सहभागी भएका थिए।

बैठकमा देशको समसामयिक परिस्थिति, सरकारी नीतिगत चुनौतीहरू तथा सुधारका सम्भावनाबारे विस्तृत विमर्श भएको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति