Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति एर्दोगानका प्रतिद्वन्द्वीको पक्राउपछि टर्कीमा लगातार प्रदर्शन

आइतबार, चैत १०, २०८१

काठमाडौँ - इस्तानबुलका मेयर एकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विरोध प्रदर्शन जारी रहेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रतिद्वन्द्वी एकराम इमामोग्लुलाई बुधबार पक्राउ गरिएको थियो ।

samridhi jewllers

यो कारबाही इमामोग्लुलाई २०२८ को राष्ट्रपति पदको उम्मेदवारको रूपमा छनोट हुनुभन्दा केही दिन अघि गरिएपछि उनका समर्थकले लगातार प्रदर्शन गरिरहेका छन् । बिहीबारदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ ।

टर्कीका अधिकारीहरूले प्रदर्शनको तेस्रो दिन शुक्रबार राति देशभर ३४३ जनालाई पक्राउ गरिएको बताएका छन् ।

इमामोग्लु शनिबार इस्तानबुल अदालतमा उपस्थित भए र अभियोजकहरूले आतंकवाद र भ्रष्टाचारको आरोपमा उनलाई औपचारिक गिरफ्तारीको लागि अपील गरेका थिए । इमामोग्लुले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेका छन् ।

यसैबीच आफ्नो भाषणमा राष्ट्रपति एर्दोगानले बढ्दो विरोध प्रदर्शनको निन्दा गरेका छन् । उनले इमामोग्लुको विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी ) लाई 'शान्ति खलबल्याउने र जनतालाई ध्रुवीकरण गर्ने' प्रयास गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार