सुनको मूल्य तोलामा नौ सय घट्यो
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ ले घटेको छ ।
गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री भएकाे छ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ ११:५४
प्रतिक्रिया दिनुहोस्