Nic Ad Nic Ad
Nic Ad Nic Ad

हमासले गर्‍यो अमेरिकी दाबीको खण्डन : सत्य तोडमोड गरेको आरोप

आइतबार, चैत १०, २०८१

काठमाडौं- प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले बन्धक रिहा गर्न अस्वीकार गरेर इजरायलसँग युद्ध रोजेको भन्ने अमेरिकी दाबीलाई सत्यको तोडमोड भनेको छ ।

samridhi jewllers

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजको आरोपको जवाफमा हमासले विज्ञप्ति निकालेर भनेको छ, ‘हमासले बन्धक रिहा गर्नुको साटो युद्ध रोज्यो भन्ने दाबी तथ्यलाई बंग्याउनु हो ।’ यसअघि ब्रायनले भनेका थिए, ‘हमासले युद्धविराम लम्ब्याउन बन्धक रिहा गर्न सक्थ्यो, तर त्यसको साटो इन्कार गरेर युद्ध रोज्यो ।’ हमास समुहका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी पहल अस्वीकार गरेका छन् ।

उनी आफ्नो राजनीतिक स्वार्थका लागि सम्झौतालाई जानीजानी तोडमोड गरेका छन् । इजरायलमा बन्धकका परिवारसहितको दबाब र आलोचना बढेपछि नेतन्याहूले हमासलाई दोष देखाएर आफ्नो सत्ता जोगाउन खोजेका आरोप उसको छ । इजरायलले मंगलबार गाजामा हवाई आक्रमण फेरि सुरु गरेको छ । युद्धविरामका क्रममा खाली गरिएका क्षेत्रमा सेना फिर्ता पठाएको छ । जनवरी १९ देखि लागू युद्धविरामको समय बढाउने विषयमा हमाससँग हप्तौँदेखि मतभेद भएपछि यो कदम चालिएको हो ।

इजरायलले थप बन्धक मुक्त गर्न र मृतक वा जीवित करिब ६० बन्दीको स्वतन्त्रता सुनिश्चित गर्न सैन्य अभियान जरुरी रहेको तर्क गरेको छ । तर धेरै बन्धक परिवार र जीवित फर्केका अधिकांश बन्दीले युद्धविराम नै चाहेका छन् । हमासले अमेरिकाले आक्रमणकारीलाई पीडितसँग तुलना गरेको आरोप लगाएको छ । उसको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी भनाइले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीविरुद्धको नरसंहार, भोकमरी र घेराबन्दीमा उसको संलग्नता फेरि छर्लंग भएको छ ।’ 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार