ज्ञानेन्द्र शाहीले देउवालाई भने बिपिको सिद्धान्त बेचेर खानुभएछ, हिम्मत भए कांग्रेसमा चुनाव गराएर देखाउनु
काठमाडौ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिपिको सिद्धान्त बेचेर खाएकाे आरोप लगाएका छन् ।
उनले लेखेका छन् हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग सपथ खाँदै बन्नुभएको हो ?
साथै शाहीले देउवालाई कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ हिम्मत छ भनेर प्रश्न गर्दै चुनाव गरेर देखाउन चुनौती दिएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हुन नसक्ने समेत बताएका थिए
उनले सामाजिक संजालमा यस्तो लेखेका छन्
बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू।
हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापति सँग सपथ खाँदै बन्नुभएको हो ?
जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ ?