नेभिगेशन
राजनीति

भारतले बिजुली नदिए अहिले पनि लोडसेडिङ हुने अवस्था छ : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले बिजुली दिएन भने अहिले पनि लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले तथ्यमा आधारित भएर बहस गर्नुपर्ने बताए ।

उनले भने, ‘पञ्चायतकालमा ८.८ प्रतिशत घरमा मात्रै बिजुली पुगेको थियो । अरु सबै जनता त अँध्यारोमा गुजारा गर्नुपर्ने अवस्था थियो । आज घरघरमा बिजुली पुगेको छ, उज्यालो नेपाल बनाएका छौं । केपी ओली प्रधानमन्त्री हुँदाको समय मुलुकमा १८ घण्टा लोडसेडिङ हुने गर्दथ्यो हामीले संविधान जारी गर्नेबेलामा । आज हामी बिजुली निर्यात गर्ने ठाउँमा पुगेका छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति