नेभिगेशन
समाज विविध

बालेनको प्रकाशमानलाई आग्रह- गणेशमान र काँग्रेसको इतिहास माटोमा नमिसाउनुहोला !

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शहरी विकासका महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन नहुने विषयमा गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको ध्यान सार्वजनिक सम्पत्ति संरक्षण, अव्यवस्थित बस्ती व्यवस्थापन, कपन खोलाको सुधार तथा बालमन्दिर संरक्षणतर्फ केन्द्रित गराउन खोजेका छन्।

बालेन शाहले फेसबुकमा लेखेका छन् 
माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,
अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने होरु
मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी।एल। सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध