Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस गणतान्त्रिक संविधानको पक्षमा दृढ, शक्ति प्रदर्शनको होड नगर्ने

आइतबार, चैत १०, २०८१

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधानसभाद्वारा निर्मित संघीय गणतान्त्रिक संविधानप्रति प्रतिबद्धता व्यक्त गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गणतन्त्रको रक्षाका लागि सडकमा उत्रिनुपर्ने कुनै आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।

samridhi jewllers

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा राजावादी आन्दोलनका विषयमा व्यापक रुपमा छलफल भएको जानकारी दिए । यो संविधानमार्फत नै जनताका आवश्यकता तथा समस्याहरुलाई सम्बोधन गर्न सकिने विश्वास पार्टीले लिएको उनले बताए ।

उनले भने, ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको गणतान्त्रिक संघीय संविधानप्रति पूर्ण प्रतिबद्धता जाहेर गर्‍यो । जुन किसिमबाट संविधानको खिलाफमा कुरा उठिरहेको छ, त्यसमा पार्टीभित्र कुनै द्विविधा छैन । जनताले बनाएको संविधान हो । हामी यसको पक्षमा छौं ।’

अहिले गणतन्त्र रक्षाका लागि शक्ति प्रदर्शनको होड नगर्ने महतको भनाइ छ ।

उनले भने, ‘शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्नुपर्ने तत्काललाई आवश्यक ठानेका छैनौं । संविधानको पक्षमा जनता रहेको विश्वास हामीलाई छ । सडकमा उत्रिएर आफ्नो कुरा राख्नुपर्ने कांग्रेस ठान्दैन । हामीले यो संविधानलाई दृढताका साथ समर्थन गरेकोमा पार्टी पंक्तिलाई सुसुचित गर्नेछौं ।’

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्