मनकामनाबाट फर्किँदा ज्ञानेन्द्र शाहको पक्षमा लाग्यो नारा
काठमाडौँ – ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौँ फर्किएका छन्।
शाह शुक्रबार गोरखा गएका थिए। गोरखामा शनिबार उनले गोरखनाथ मन्दिरमा दर्शन गरेका थिए।
त्यसपछि उनले आइतबार मनकामना मन्दिर दर्शन गरेका थिए। सडकमार्ग हुँदै काठमाडौँ फर्किएका पूर्वराजा शाहलाई स्थानीयहरूले ठाउँठाउँमा स्वागत गरेका थिए। उनको स्वागतका लागि बाटोमा ठाउँठाउँमा घडाहरूसमेत राखिएको थियो।
त्यही क्रममा शाहको पक्षमा समर्थकहरूले नारासमेत लगाएका थिए।
सर्वसाधारणले मात्रै नभइ नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले पनि ज्ञानेन्द्र शाहको पक्षमा नारा लगाएको बताइएको छ। नुवाकोटको विदुरमा माओवादी कार्यकर्ता रुपा अर्यालले ज्ञानेन्द्र शाहको पक्षमा नारा लगाएकी थिइन्।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ २०:४८
प्रतिक्रिया दिनुहोस्