नेभिगेशन
खेलकुद

इण्डियन प्रिमियर लिग: मुम्बईले चेन्नईलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ।

चेन्नाईमा टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको हो ।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। २५ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान सुर्यकुमार यादवले २९ बनाउँदा दिपक चहर २८ रनमा आउट भए ।

चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चिए । अलिल अहमदले ३ विकेट लिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद