नेभिगेशन
खेलकुद

डेनमार्कलाई हराउदै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

काठमाडौँ - युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पोर्चुगलले शानदार जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा पोर्चुगलले डेनमार्कलाई ५-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को नतिजासहित सेमिफाइनलमा पुगेको हो ।

पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रीनकाओले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यस्तै डेनमार्कका जोआचिम एण्डरसनले एक गोल आत्मघाती गोल गरेका थिए । यस खेलमा रोनाल्डोले पेनाल्टी मिस गरेका थिए ।

त्यस्तै डेनमार्कका लागि रासमस क्रिस्टेनसेन र क्रिस्टियन एरिक्सनले एक एक गोल गरेका थिए । यसअघि क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्क १-० गोलले विजयी भएको थियो ।

अब सेमिफाइनलमा पोर्चुगलले जर्मनीको सामना गर्ने छ । जर्मनीले इटालीलाई क्वाटरफाइनलमा समग्रमा ५-४ गोलले विजयी हुदै सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद