नेभिगेशन
राजनीति

ओली र देउवासँग वार्तामा बस्नुअघि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सोमबार अपराह्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

बालुवाटारमा आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संक्रमणकालीन न्यायलगायत विषयमा कुराकानी गर्न भेटवार्ता हुँदैछ ।

त्यसअघि अध्यक्ष दाहालले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति