Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन मिति घोषणा गरेपछि त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको नाराबाजी, फर्जी कार्डको छानबिन गर्न माग

सोमबार, चैत ११, २०८१

काठमाडौं - त्रिचन्द्र क्याम्पस प्रशासन र निर्वाचन समितिले चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरेकोप्रति एमाले निकट अनेरास्ववियुले असन्तुष्टि जनाएको छ । आफूहरुसँग छलफल नै नगरी हतारहतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै अनेरास्ववियुले नाराबाजी गरेको छ ।

samridhi jewllers

निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने जानकारी गराएका थिए । लगत्तै अनेरास्ववियुले विरोधमा नाराबाजी गरेको हो ।

क्याम्पसले १२ सयभन्दा धेरै फर्जी कार्ड जारी गरेको र त्यसको छानबिन नभई निर्वाचन गर्न नहुने अनेरास्ववियुको अडान छ । क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गरेपछि केही समय तनावग्रस्त बनेको थियो ।

 

यसअघि चुनाव रोकिएको ल क्याम्पसमा १९ गते, आरआर १६ गते निर्वाचन मिति तोकिँदा त्रिचन्द्रले भने हतारमा निर्वाचन तोकेकोप्रति अनेरास्ववियुको आशंका छ ।

यसअघि चैत ५ गते नै चुनाव हुने भनेपछि विवाद र तालबन्दीका कारण रोकिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्