Nic Ad Nic Ad
Nic Ad Nic Ad

संक्रमणकालीन न्यायको प्रक्रियामा पुनः सिफारिस समिति बनाउन शीर्ष नेता सहमत

सोमबार, चैत ११, २०८१

काठमाडौं - प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् ।

samridhi jewllers

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श भयो । सोही अनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भयो,’ बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले भने ।

उक्त समितिको म्याद सकिएपछि संक्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध थियो ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार