Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिर्ष नेताहरुलाई ज्ञानेन्द्र शाहीको प्रश्न : "शासकको बेवास्ता: युवाहरुको बाध्यता, विदेशिनु नै विकल्प!"

सोमबार, चैत ११, २०८१

काठमाडौँ - राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले शिर्ष नेताहरुलाई ३५ बर्ष शासन गर्दा एक जना युवालाई देशमा रोजगार दिन सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

samridhi jewllers

प्रवक्ता शाहीले एमालेका पुर्व स्ववियु सभापति विदेशिएको प्रसंग उल्लेख गर्दै मुलुक सुहाउँदो र नेपालको माटो सुहाउँदो अवस्था सुधार गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- 

आदरणीय तिन शीर्ष नेताज्यूहरु आज सिंहदरबारमा बैठक बस्नुभएछ। तपाईंहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यो देशमा ३५ वर्षदेखि शासन गरिराख्नुभएको छ । आजको बैठकबाट एकजना युवालाई मात्र नेपालमा रोजगारी दिन सक्छु भनेर ग्यारेन्टी गर्न सक्नुहुन्छ ? यदि सक्नुहुन्न भने ?  यो बेकारको बैठक किन ? 
नपत्ताए तपाईंकै कार्यकर्ताको हालत हेर्नुस् त,

२ बर्ष अगाडि अनेरास्ववियु (एमाले) को तर्फबाट बर्दिया बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका देवराज अधिकारी फेसबुकमा भावुक स्ट्याटस लेखेर बिदेश पलायन भएका छन् ।  'उनी फेसबुकमा लेख्छन्- राजा त्रिभुवनले पर्यटक भित्राउन बनाएको बिमानस्थललाई पापीहरुले युवाहरु बिदेश बेच्ने नाका बनाए । थाहा छैन म जिउदै देश प्रेमी भएर फर्कन्छु वा मरे पछि काठको रातो बाकसमा हालेर देश फर्काईन्छ । लागियो जिन्दगीको नयाँ गन्तब्य तिर !'

ए शासक हो आखाँ खोलनुहोस् त्यहि भएर भनेको मुलुक सुहाउँदो नेपालको माटो सुहाउँदो अवस्था सुधार गर्न र ब्यवस्था परिवर्तन गरौ ।।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार