मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक सिंहदरवारमा बसिरहेको हो ।
यो बैठक नियमित भए पनि प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटपछि बसेको हुँदा विशेष निर्णय हुनसक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सो भेटमा संक्रमणकालीन न्यायलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ १९:३३
प्रतिक्रिया दिनुहोस्