नेभिगेशन
मनोरञ्जन

दीपक राज गिरीले भने- राजा आउदैछ रे भन्दा तीन ठूला नेता फेरी एकै ठाउँमा आए

काठमाडौँ- कलाकार दीपक राज गिरीले शिर्ष तीन नेताहरुको बैठक बारे टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले डर भन्ने चिज सकारात्मक कुरा हो भन्दै राजा आउदैछ रे भन्दा तीन ठूला नेता फेरी एकै ठाउँमा आएको टिप्पणी गरेका हुन् ।

उनले भूइचालो फेरी आउदैछ भन्ने डरले धनि र गरिब एउटै चौरमा आएको उल्लेख गर्दै राजा आउदैछ रे भन्दा तीन ठूला नेता फेरी एकै ठाउ आएको बताएका हुन् ।

उनले भनेका छन्-  डर भन्ने चिज सकारात्मक कुरा हो ! भूइचालो फेरी ऑउदैछ भन्ने डरले धनि र गरिब एउटै चौरमा आएका थिए जसरी राजा आउदैछ रे भन्दा ३ ठूला नेता फेरी एकै ठॉउ आए … ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय