ज्ञानेन्द्र शाहीको प्रचण्डलाई आरोप : टिआरसीसगँ प्रचण्डले कुलमानलाई साटे
काठमाडौँ - राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई टिआरसी सगँ कुलमानलाई साटेको आरोप लगाएका छन् ।
सोमबार साझ बसेको मन्त्रीपरीषद बैठकले नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसगै उनले यस्तो लेखेका हुन् ।
उनले भनेका छन्-
"कमरेड प्रचण्ड सार्है नै बाठो छ्न ।
टिआरसी सगँ कुलमान पो साटेछन"।।
आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ।" बधाई छ कमरेड प्रचण्ड
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ २१:०४
प्रतिक्रिया दिनुहोस्