Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुलमानलाई नहटाउन सजग गराएका थियौं, हाम्रो सहमति छैन: विश्वप्रकाश

सोमबार, चैत ११, २०८१

काठमाडौँ -  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् । 

samridhi jewllers

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको उल्लेख गर्दै महामन्त्री शर्माले  यो निर्णय समयोचित विल्कुलै नभएको बताएका छन् ।  

उनले भनेका छन्

कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो ।  कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायांमा पार्नेगरी  सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २२:५४
प्रतिक्रिया दिनुहोस्