रविले कुलमानलाई हटाएको विरोधमा बत्ति निभाएर गरे विरोध
काठमाडौँ - सरकारले कुलमानलाई हटाएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बत्ति निभाएर विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उनले बत्ति निभाएर मैनबत्ती बाल्दै विरोध गरेका हुन् । साथै उनले कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिने पनि बताएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेपछि यस निर्णयको चौतर्फी विरोध भइरहेको छ । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ ०७:०८
प्रतिक्रिया दिनुहोस्