Nic Ad Nic Ad
Nic Ad Nic Ad

पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाँदै कुलमान, आज रिट दर्ताको तयारी

मंगलबार, चैत १२, २०८१

काठमाडौं- २०७३ सालको तिहारबाट काठमाडौं उपत्यकामा घरायसी लोडसेडिङ अन्त्य गरेपछि उज्यालोको प्रतिक बनेका कुलमान घिसिङलाई दोस्रो कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदा मन्त्रिपरिषद्ले पदमुक्त गरेको छ ।

samridhi jewllers

आफूलाई हटाउने निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने भएका छन्। घिसिङले आफू मंगलबार अदालत जाने बताएका छन्।

सरकारले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई पदमुक्त गरेको थियो। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको थियो।

घिसिङ प्राधिकरणमा दोस्रो कार्यकाल पूरा गर्ने अन्तिम समयमा थिए। कार्यकाल पूरा नहुँदै सरकारले पदबाट हटाएको हो। हटाउनुअघि मन्त्रिपरिषद् र मन्त्रीस्तरीय गरी पटक पटकसम्म उनलाई स्पष्टीकरण सोधिएको थियो।

२०७८ साउनमा घिसिङ दोस्रो कार्यकालका लागि प्रबन्ध निर्देशक नियुक्त भएका थिए।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार