Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप छनौटमा इङल्याण्डको लगातार दोस्रो जित

मंगलबार, चैत १२, २०८१

काठमाडौँ - इङल्याण्डले विश्वकप छनौट अन्तर्गतको खेलमा लगातार दोस्रो जित हासिल गरेको छ ।  गएराती सम्पन्न खेलमा इङल्याण्डले लात्भियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

samridhi jewllers

इङल्याण्डको जितमा रिच जेम्स, ह्यारी केन र एबेरेची एजले एक एक गोल गरेका थिए । 

युरोपको विश्वकप छनौटमा समुह के मा रहेको इङल्याण्डले यस अघि अल्बानियालाई २-० ले पराजित गरेको थियो ।  यो जितपछि लगातार दोस्रो जित हासिल गरेर इङल्याण्डले २ खेलमा ६ अंक बटुलेको छ ।

अब विश्वकप छनौट अन्तर्गत इङल्याण्डले आगामी जुन ७ मा एन्डोराविरुद्ध खेल्ने तालिका रहेको छ । 
        

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार