Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओसकार विजेता फिल्मका निर्देशकमाथि कुटपिट

मंगलबार, चैत १२, २०८१

काठमाडौं – ओसकार विजेता चलचित्र ‘नो अदर ल्यान्ड’का सह निर्देशक हमदान बलाललाई वेस्ट बैङ्कमा रहेका इजरायलीले पिट्नु साथै सेनाले नियन्त्रणमा लिएर गएका छन्। उनका सहकर्मी अर्का फिल्म निर्देशक बासेल आड्राले बताए अनुसार बलालको निमन्त्रणमा उनी त्यस दिन त्यसतर्फ गएका थिए।

samridhi jewllers

त्यसै समयमा उनले बलाल र अन्य एक जनालाई सेनाले लिएर गएको देखेका थिए। बलालको घर बाहिर त्यस स्थानमा बसोबास गर्ने इजरायलीले टुङ्गा प्रहार गरेका थिए।


इजरायली सेना र सुरक्षा निकायका व्यक्ति पनि त्यही थिए। कोही नजिक भएमा गोली प्रहार गर्ने तयारीमा उनीहरू थिए।

इजरायली सेनाले भने दुई पक्षको बिचमा झडप भइरहेको कारण आफूहरू उपस्थित भएको दाबी गरेको छ। साथै इजरायलीमाथि ढुङ्गा प्रहार भएकाले बचाउनका लागि आफूहरूले प्यालेस्टाइनीलाई गिरफ्तार गरेको जनाएको छ।

इजरायली सेनाले तीन प्यालेस्टाइनी र एक इजरायली सेनालाई सोधपुछका लागि लगिएको बताएको छ। सेन्टर फर जेविस नन भ्वाइलेन्स नामको संस्थामा पाँच अमेरिकी अधिकारकर्मीले पनि आफूहरूलाई इजरायलीले कुटपिट गरेको बताएका छन्।

दर्जानौ इजरायलीले गाउँमा प्रवेश गरेर छुरा लगायत हतियारले प्रहार गरेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार