नेभिगेशन
समाज विविध

साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डीएसपी शाहले जानकारी दिए ।

आगो नियन्त्रणका लागि दाङ लगायत बाँके , बर्दिया , कपिलवस्तु र रूपन्देहीबाट दमकल ल्याइएको भएपनि  आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।

उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डीएसपी शाहले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध