Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेनलाई युवा संघको चेतावनी, समाजलाई भड्काउने काम नगर

मंगलबार, चैत १२, २०८१

काठमाडौं - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई समाजलाई नभड्काउन चेतावनी दिएको छ।

samridhi jewllers

युवा संघको महानगर कमिटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग माग पनि गरेको छ।

बालेनले सोमबार साँझ सामाजिक संजालमा लेख्दै अबको एक हप्तामा महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने बताएका थिए।

आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि स्तरहीन अभिव्यक्ति नदिन र समाज नभड्काउन पनि युवा संघले सचेत गराएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्