Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिल्ली यू-१९ टोलीमाथि नेपाली युवा टोलीको जित

मंगलबार, चैत १२, २०८१

काठमाडौँ- नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ टोलीलाई पराजित गरेको छ ।

samridhi jewllers

आइसिसी यू-१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलमा दिल्ली यू-१९ टोलीलाई ५ विकेटले पराजित गरेको हो ।

वीरगञ्जमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए । रोशन विक २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रनको योगदान दिए ।

त्यसअघि पहिला ब्याटिङ गरको दिल्ली २३ ओभर २ बलमा ९५ रनमा समेटिएको थियो । दिल्लीका सार्थक पालले सर्वाधिक २९ रन बनाएका थिए ।

बलिङमा नेपालका सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३–३, विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट लिएका थिए । विश्वकप छनोटको तयारीमा रहेको नेपालीले दिल्लीसँग ३ खेल खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्