नेभिगेशन
राजनीति

सरकारले सार्वजनिक गर्‍यो कुलमानलाई हटाएको निर्णय

काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै घिसिङलाई हटाइएको जानकारी दिएका हुन् ।

उनले सोमबार बेलुकी मन्त्रिपरिषद बैठकपछि जानकारी दिने क्रममा यो निर्णय लुकाएका थिए । उनका अनुसार घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति