Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुलमान हटाउनेदेखि यी हुन मन्त्रिपरिषदका २७ निर्णय

मंगलबार, चैत १२, २०८१

काठमाडौं - सरकारले चैत्र ११ बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

samridhi jewllers

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकका २७ निर्णयहरु सार्बजनिक गरेका हुन् । जसमा सरकारले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएको छ भने हितेन्द्रदेव शाक्यलाई नयाँ प्रबन्ध निर्देशक नियुक्त गरेको छ ।

त्यस्तै सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ । समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.विश्व पौडेल सदस्य रहेका छन् ।  

त्यस्तै बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ ।

 

 


 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार