Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालविरुद्ध पहिलो हाफमा मलेसिया १-० ले अगाडी

मंगलबार, चैत १२, २०८१

काठमाडौं - नेपालविरुद्धको एएफसी एसियन कप छनोट खेलको पहिलो हाफमा मलेसियाले १-० गोलको अग्रता लिएको छ । मलेसियाको लागि खेलको २९औं हेक्टर हेभेलले गोल गर्दै शुरुवाती अग्रता दिलाएका छन् ।

samridhi jewllers

पुरुष फुटबलमा नेपालले मलेसियालाई अहिले सम्म हराउन सकेको छैन । अहिलेसम्म नेपाल र मलेसियाबीच ७ खेल भएका छन् । जसमा नेपाल मलेसियासँग ६ पटक पराजित भएको छ भने एक पटक बराबरी खेलेको छ ।

फिफा वरियतामा मलेसिया १३२औं र नेपाल १७५ औं स्थानमा छन् ।

आजको खेल नेपालमा हुनुपर्नेमा दशरथ रंगशालालाई अन्तराष्ट्रिय मान्यता नभएको कारण नेपाली टोली मलेसिया गएको हो ।

यो पटकको छनोटमा एसियाका २४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । नेपाल रहेको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ । होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्