Nic Ad Nic Ad
Nic Ad Nic Ad

एएफसी एसियन कप छनोट : नेपाल मलेसियासँग पराजित

मंगलबार, चैत १२, २०८१

काठमाडौं– एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

samridhi jewllers

मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।

खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा नेपालले ३ खेलाडी परिवर्तन गरेको थियो । तर खेलमा मलेसियाको पकड परिवर्तन भएन । ७१ औं मिनेटमा फ्रिकिकमार्फत मलेसियाले अग्रता दोब्बर पार्यो । चलाखीपूर्ण फ्रिकिकमा लाभेर कर्बिन-अंगले फिनिस टच दिएका थिए । यद्यपि अन्तिम पास लिने क्रममा उनी अफसाइड पोजिसनमा देखिएका थिए ।

खेलको ८५ औं मिनेटमा फरवार्ड रेजिन सुब्बाले नेपालका लागि डेब्यु गरे । उनले जिलेस्पीजंग कार्कीको स्थान लिँदै राष्ट्रिय टोलीबाट पहिलो खेल खेल्ने अवसर पाए ।

समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५-० ले हराउँदै सानदार सुरुवात गरिसकेको छ । हरेक समूहबाट शीर्षस्थानमा रहने टोलीले एसियन कप खेल्नेछ ।

नेपालले गत साता मैत्रीपूर्ण खेलमा सिंगापुरलाई १-० ले हराएको थियो । उक्त खेलमा जिलेस्पीले गोल गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्