Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रीले गलत गर्दा महामन्त्रीद्वयको हैसियत सामाजिक सन्जालमा आपत्ति पोख्न सिमित : तोसिमा कार्की

मंगलबार, चैत १२, २०८१

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपाली कांग्रेसका दुई महामन्त्री माथी कडा टिप्पणी गरेकी छन् ।

samridhi jewllers

आज (मंगलबार) साझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति टिप्पणी गरेकी हुन् । 

उनले सत्तारुढ कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उर्जामन्त्री दीपक खड्काले गलत गर्दा महामन्त्रीद्वयको हैसियत सामाजिक सन्जालमा आपत्ति पोख्नमै सिमित! रहेको भन्दै मन्त्री खड्कालाई फिर्ता बोलाएर कार्वाही गर्न नसक्ने भन्दै घुमाउरो पारामा टिप्पणी गरेकी हुन् ।

 उनले यस्तो लेखेकी छन् 
मन्त्रीले गलत गर्दा महामन्त्रीद्वयको हैसियत सामाजिक सन्जालमा आपत्ति पोख्नमै सिमित! कस्तो निरिह महामन्त्री हुनिरचन् ठुला पार्टी मा त ! हरे ...

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्